०२ असार २०८३, मंगलबार

रोम जलिरहँदा निरोले बाँसुरी बजाएजस्तै सरकारको नीति कार्यक्रम : केपी ओली

रोम जलिरहँदा निरोले बाँसुरी बजाएजस्तै सरकारको नीति कार्यक्रम : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएका समस्या समाधानका लागि कुनै कार्यक्रम नआएको दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बोल्दै ओलीले देश असामान्य अवस्थाबाट गुज्रे पनि सरकारले समाधानका लागि कुनै पनि कार्यक्रम नल्याएको बताए । अप्ठ्यारोलाई चिर्न सक्ने कार्यक्रम नभएको उनको भनाइ छ ।

‘देश असामान्य अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता र अराजकता चुलिएको छ । जनतामा असन्तुष्टि व्याप्त छ । सरकारपति जनताको अविश्वास बढेको छ । जनतामा निराशा छ’ ओलीले भने, ‘आर्थिक परिसूचकले देश अप्ठ्यारोमा छ । सरकार राजस्व उठाउन असफल मात्रै भएको छैन । चालू खर्च धान्न नसक्ने अवस्था छ । यसैले रोम जलिरहँदा नीरोले बाँसुरी बजाएको जस्तै अवस्थामा सरकार छ ।’ 

आर्थिक संकट के हो, यसको समाधानको सूत्र के हो भने कुनै व्यवहारिक योजना र कार्यक्रम नभएको उनको आरोप छ । 

मूल्यवृद्धि दोहोरो अंक नजिक पुगेको, १५ देखि २५ प्रतिशत महंगी बढेको, निर्यात घटेको जस्ता अवस्थाले सरकार हुनुको कुनै संकेत नदेखिएको उनको आरोप छ । 

यसैले नीति कार्यक्रमका उद्देश्य, गन्तव्य र मार्गचित्र नै नभएको शून्य भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्