२९ जेठ २०८३, शुक्रबार

भुटानी शरणार्थीलाई तेस्रो देश पठाउन शुरूवात गर्ने मैं हुँ : केपी ओली

भुटानी शरणार्थीलाई तेस्रो देश पठाउन शुरूवात गर्ने मैं हुँ : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो देश पठाउने अभियान आफूले शुरू गरेको बताएका छन् ।

भुटानसँग १६ औं चरणसम्म वार्ता गर्दा पनि सफल नएपछि तेस्रो देशमा सेटल गर्ने काम अघि बढाएको उनले बताए । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफूले तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुससँग र परराष्ट्र मन्त्री कोन्डोलिजा राइससँग वार्ता गरेपछि तेस्रो देश पठाउने सहमति जुटेको बताए । 

‘भुटानसँग धेरै राउन्डमा वार्ता भयो । १६ औं राउन्डको वार्ता गर्न भुटानले भन्यो तर कुनै प्रगति हुन नदिने नीति उसको थियो । संयुक्त राष्टकसंघको महासभामा पहिलोपल्ट मैंले महासभामा भुटानी शरणाथीका कुरा उठाएँ । राष्ट्रपति जर्ज डब्ल्यू बुससँग तपाईंहरूले डिभीमार्फत भए पनि भुटानी शरणार्थीलाई सेटल गर्नुस् भनें’ ओलीले भने, ‘उहाँले राइससँग कुरा गरेर टुंग्याउनुस् म पनि भन्दिन्छु भन्नुभयो । राइससँग कुरा भयो । अन्तमा सकारात्मक ढंगले हेर्ने र निराकरणका लागि काम गर्ने सहमति बन्यो । पहिलो लटमा ६० हजार शरणार्थी स्वीकार्ने भन्ने भयो । यसका लागि अमेरिकी सरकार र परराष्ट मन्त्रीलाई धन्यवाद दिएँ ।’

नक्कली शरणार्थी प्रकरणबारे बोल्दै ओलीले ९७५ जनासँग पैसा उठाइएको दाबी गरेका छन् । ‘दोषी उम्काउने र निर्दोष फसाउने काम हुन लागेको छ, यस्तो हुनुहुन्न’ ओलीले भने ।

९ सय ७५ जनासँग पैसा उठाइएको उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्