१९ असार २०८३, शुक्रबार

जन्मदिनको अवसरमा योगेशले गरे मुटुरोगी बालकलाई आर्थिक सहयोग

कात्तिक २०, २०७४
जन्मदिनको अवसरमा योगेशले गरे मुटुरोगी बालकलाई आर्थिक सहयोग
काठमाडौं २१ भदौ– नेकपा एमालेका सचिव योगेश भट्टराईले जन्मदिनको अवसरमा मुटु रोगबाट पीडित एक बालकलाई आर्थिक सहयोग गरेका छन् ।

गृह जिल्ला ताप्लेजुङ फुङ्लिङ नगरपालीका ९ हाङ्देवाका ७ बर्षीय मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार रुपैयाँ उपचार खर्च दिने भएका हुन् ।

मुटुका बिरामी शेर्पाको दुई वटा भल्ब फेर्नुपर्ने अवस्था रहेको छ । दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्नु पर्ने कुमार शेर्पाका मिलन कान्छो छोरा हुन । काठमाडौंको गंगालाल मुटु अस्पातालमा उपचार गराई रहेका शेर्पा नियमीत फलोपमा जान समेत समस्या रहेको परिवारले जनाएको छ ।

भट्टराईले एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनमार्फत सहयोग गरेका हुन् । उनले काठमाडौंमा उपचार गर्न अध्ययनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भट्टराईले ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाएका थिए भने भूकम्पपीडित बालकलाई शैक्षिक आर्थिक सहयोग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्