११ साउन २०८३, सोमबार

जैन इन्टरनेशनल ट्रेडको अध्यक्षमा उद्योगपति बेगानी

जैन इन्टरनेशनल ट्रेडको अध्यक्षमा उद्योगपति बेगानी

जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल (जितो फाउन्डेशन)को अध्यक्षमा उद्योगपति कमल बेगानी चयन भएका छन् ।

अर्गनाइजेसनको तेस्रो साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । उनको कार्यकाल २ वर्षको रहनेछ । उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना बेगानी ग्रुपका निर्देशक हुन् ।

‘उच्च आर्थिक समृद्धि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने, हिंसा मुक्त, गरिबी मुक्त र रोग मुक्त संसारमा मानवतालाई समृद्ध बनाउन सक्दो योगदान गर्नेछु’ उनले भने ‘ज्ञान सेवा र आर्थिक सशक्तीकरणको लागि अहम योगदान पुर्‍याउनेछु ।’

जैन अन्तर्राष्ट्रिय व्यापार संगठन दुरदर्शी जैनहरूको एक अद्वित्तीय बहुहितकारक समुदाय रहेको उनले दाबी गरे ।

११ देशमा संचालनमा रहेको उक्त संस्थामा विश्वभर १४ हजार व्यवसायी आवद्ध छन् । संगठनले सन् २०२० देखि नेपालमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्