०९ असार २०८३, मंगलबार

उम्मेदवार छनौटप्रति राजपा महासचिव लेखीको आपत्ति, पार्टी छाड्ने तयारी !

कात्तिक २०, २०७४
उम्मेदवार छनौटप्रति राजपा महासचिव लेखीको आपत्ति,  पार्टी छाड्ने तयारी !

काठमाडौं २१ भदौ– स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विबाद चुलिएको छ ।

उम्मेदवार छनौटमा थारु, आदिवासी, जनजाती लगायतलाई उपेक्षा गरिएको भन्दै महासचिव राजकुमार लेखीले विज्ञप्ति मार्फत चर्को असन्तुष्टि जनाएका छन् ।

लेखीले उम्मेदवार छनौटमा परिवारबाद हावी भएको आरोप लगाएका छन् । उनले समावेशी सिद्धान्त लत्याएर गरिएको मनोनयनका कारण आउने चुनावी नतिजाप्रति अध्यक्षमण्डल जिम्मेवार हुने चेतावनी दिएका छन् ।

विगतमा तराइका थारुको अधिकारको आवाज उठाउदै आएका लेखी मधेस केन्द्रित दलहरु मिलेर राजपा गठन हुनुपूर्व राज्न्द्र महतो नेतृत्वको सदभावना पार्टीमा गएका थिए । राजपा भित्र थारुलाई अपेक्षा गरिएको भन्दै लेखी राजपा छाडने तयारीमा रहेको स्रोतको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्