
बच्चादेखि बूढासम्मलाई सुजीको हलुवा खान मन पर्छ । आज हामी हलुवा बनाउन सिकाउँछौं ।

सामग्री
२८० ग्राम घिउ
२०० ग्राम सुजी
३० ग्राम चिनी
एक चम्चा अलैंचीको धूलो
एक लिटर तातो पानी
बदाम (सजाउनका लागि)
विधि
सबभन्दा पहिले कराहीमा घिउ तताउनुस् । अब यसमा सुजी हालेर मज्जाले भुट्नुस् ।
हल्का खैरो नहुन्जेल भुटिरहनुस् ।
त्यसमा चिनी हालेर फेरि मज्जाले भुट्नुस् ।
अब यसमा अलैंचीको धूलो हालेर मिसाउनुस् । अब त्यसमा तातो पानी हाल्नुस् र हल्लाइरहनुस् । गाढा भएपछि आगो निभाउनुस् ।
कचौरामा हलुवा हालेर माथिबाट बदामले गार्निश गर्नुस् ।
एजेन्सी