०८ असार २०८३, सोमबार

पिसाबबाट थाहा हुन्छ क्यान्सर, डाक्टरले दिए यस्तो सुझाव

कात्तिक २०, २०७४
पिसाबबाट थाहा हुन्छ क्यान्सर, डाक्टरले दिए यस्तो सुझाव
काडमाडौं, २१ भदौ– स्वास्थ्यकर जीवनशैली नहुँदा मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेको छ । नेपालमा विभिन्न प्रकारका क्यान्सरको कारण मानिसहरुको मृत्यु हुदै आएको छ ।

अझैपनि धेरै मानिसहरुमा समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने जनाकारी छैन । जानकारी भएकाहरुले पनि स्वास्थ्य प्रति ध्यान नदिने नेपालीहरुको बानी नै बसेको छ ।

क्यान्सर पनि विभिन्न प्रकारका हुन्छन् । मानिसको मृत्यु गराउने गम्भीर क्यान्सर रोगहरूमध्ये प्रोस्टेट क्यान्सर पनि एक हो । समयमै रोगको पहिचान र उपचार नहुदा मानिको मृत्यु समेत हुने गरेको छ ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरका अनुसार सामान्यतया ४५ वर्ष उमेर पुगेपछि पुरुषरुमा प्रोस्टेटमा समस्या देखिन थाल्छ । यसको समस्या महिलामा भन्दा पुरुषमा बढि हुने गरेको सेन्टरका युरो अनक्रोलोजी युनिट प्रमुख डा रविन जोशीले बताए ।

यस्तो लक्षण देखिन्छ 

१.फिसाब फेर्न गाह्रो हुन्छ ।
२. बिस्तारै पिसाब आउछ ।
३.रोकिई रोकिई पिसाब आउने तथा बारम्बार पिसाब आइ रहने हुन्छ ।
४.राति बढी पिसाब आउने र पिसाबमा रगत देखिने समस्या समेत देखा पर्न सक्छ ।
५. मेरुदण्डको हड्डी दुख्ने समस्या देखिन्छ ।

प्रोस्टेट क्यान्सर लाग्न नदिन यि कुरामा ध्यान दिनुस् ।
१.समय समयमा क्यान्सरको परीक्षण गराउनु पर्छ ।
२. भिटामिन डि को कमिले प्रोस्टेट क्यान्सर हुने भएकाले शरीरलाई भिटामिन डि को कमि हुन दिनु हुदैन ।
३. आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्छ । दैनिक खाने खाना स्वास्थ्यकर हुनुपर्छ ।
४. धेरै मासु खाने बानीले पनि क्यान्सर हुन सक्छ । सकेसम्म साहाकारी बन्दा राम्रो हुन्छ ।
५, ४५ वर्षमाथिका सबै पुरुषले प्रोस्टेट, मूत्र थैली तथा मिर्गौला परीक्षण गर्नु अनिवार्य छ ।

प्रोस्टेट क्यान्सरको समयमै पहिचान र उपचार भएमा निको हुन्छ त्यसैले समयमै उपचार गराउन डा जोशीको सुझाव छ । सुरुको अवस्थामा प्रोस्टेट क्यान्सर निको हुन सक्ने भन्दै उनले लोकान्तरलाई भने,‘अस्पतालमा उपचार गराउन आउनेहरु प्राय अन्तिम अवस्थामा आउँछन् । सुरुको अवस्थामै उपचार गराउन सकेमा खर्च पनि कम लाग्छ र रोग पनि निको हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्