२८ असार २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा जवाफ दिने

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा जवाफ दिने

प्रतिनिधि सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे आज शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने भएका छन् ।

शुक्रवार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

शुक्रवारको बैठकमा नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूची रहेको जनाइएको छ । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम संसद्मा निर्णयार्थ पेश हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्