१३ असार २०८३, शनिबार

नागढुङ्गा सुरूङमार्गमा एक वर्षभित्र गाडी चल्ने गरी काम गर्छौं : मन्त्री ज्वाला

मुख्य टनेल जोडिन ६०० मिटर बाँकी
नागढुङ्गा सुरूङमार्गमा एक वर्षभित्र गाडी चल्ने गरी काम गर्छौं : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरूङमार्गमा एक वर्षभित्र गाडी चल्ने गरी कामलाई तीव्रता दिने बताएका छन् ।​

सुरूङमार्ग निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेका बताए । साथै उनले कुनै बहानामा कामलाई नरोक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

“नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरूङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ” मन्त्री ज्वालाले भने । 

“एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उनले भने, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौं, छलफल गर्छौं र छिटै समाधान गर्छौं ।”

उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको बताए ।

उक्त सुरूङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको छ ।

आउँदो दशैं आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने नागढुङ्गा सडक आयोजनाले जनाएको छ । जाइकाको सहयोगमा सुरूङमार्ग निर्माण भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्