११ साउन २०८३, सोमबार

जलहरी प्रकरण : संसदीय छानबिन समिति बनाउन राप्रपाको माग

जलहरी प्रकरण : संसदीय छानबिन समिति बनाउन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । संसद् भवन नयाँ बानेश्वरबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले आजै छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्थामाथि प्रहार भएको पनि उनले बताए ।
‘त्यो सुन हो कि पित्तल भन्नेकुरा छानबिन गर्न समिति गठन गर्नुपर्छ । सुन हो कि पित्तल सरकारले जवाफ दिनुपर्छ,' उनले भने, 'समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? सरकारले आजै जवाफ दिनुपर्छ । भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौं। प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्