२५ जेठ २०८३, सोमबार

विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रम नसकिँदै स्वदेश फर्किए स्वास्थ्यमन्त्री बस्नेत

विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रम नसकिँदै स्वदेश फर्किए स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। ​

स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ७६औं महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायसँग भेट गरेका उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए । बजेटका कारण उनी महासभा नसकिँदै स्वदेश फर्किएका हुन् ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो । मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाको टोली महासभामा सहभागी रहेको छ । 

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ । महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते) सम्म हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्