×

Nic Asia
Dabur
Prabhu Bank

निरा हत्याकाण्ड

निरा हत्याका अभियुक्तको बयान– सिक्री र पसलमा धेरै सामान देखेर लुट्न गएको थिएँ [पूर्णपाठ]

काठमाडाैं | जेठ १२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

कपन सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे हत्याका अभियुक्तले लुटपाटकै क्रममा हत्या गरेको बयान दिएका छन् । निरालाई हत्याअघि नचिनेको पनि उनको दाबी छ ।

yONNEX
Frooti
Appy

हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्माले निराको नाम पछि सामाजिक सञ्जालबाट थाहा पाएको उल्लेख गरेका छन् । निराको घाँटीको सिक्री तथा पसलमा धेरै सामान देखेर लुटपाटको योजना बनाएको विनोदको बयान छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

क्यासिनोहरूमा जुवा खेल्दा लागेको ऋण तिर्न नसकेपछि कतै लुटपाट गर्नुपर्छ भन्ने उद्देश्यले नै कोठाबाट निस्किएको दाबी गरेका विनोदले अगाडि भनेका छन्-

‘कपन सरस्वतीनगरमा पुग्दा सो स्थानमा पछि नाम/थर सुनी थाहा भएकी निरा पाण्डे आचार्यलाई भाँडा पसलभित्र एक्लै देखी सो पसलमा सामान किन्ने निहुँमा प्रवेश गरी हेर्दा निजको गलामा सुनको सिक्री समेत देखेको र पसल पनि ठूलै भएकाले कारोबारको रकम पनि ठूलै होला भन्ने सोची लुटपाट गर्ने निधो गरें,’ विनोदले बयानमा भनेका छन् ।


Advertisment
Lokantar App
Saurya island

लुटपाटका क्रममा चिच्याउन थालेपछि पसलमै रहेको चक्कु प्रहार गरी हत्या गरेको उनको बयान छ ।

'पिठ्युँमा मुक्काले हानी घाँटीमा रहेको सुनको सिक्री तान्न खोज्दा निजले के गरेको भनी आत्तिई हल्ला गर्न थालेकाले घटना थाहा भई पक्राउ पर्ने डरले अंगालो हाले जसरी अँठ्याई निजको मुख थुनी काउन्टरपछाडि भुइँमा लडाई सोही पसलमा रहेको धारिलो हतियार (चक्कु) समाती निजको पेटको भागमा हानी पुनः मैले निजलाई चक्कुले प्रहार गर्दा निजले मैले प्रहार गरेको चक्कु छेक्ने क्रममा हातले समाती नछाडेपछि निजको नाडीमा टोक्दा हातमा समातेको चक्कु छाडेकी थिइन् । पछि सोही चक्कुले मैले निजको घाँटी, छाती तथा पेट समेतको भागमा पटक-पटक प्रहार गरी निज निरा पाण्डे आचार्य रक्ताम्ये भई अचेत हुँदा मैले निजको घाँटीमा रहेको सुनको सिक्री निकाली, काउन्टरको घर्रामा रहेको करीब १२/१३ सय नगद रकम समेत लिएको,' विनोदले दिएको बयानमा उल्लेख छ ।

JYOTI
Vianet communication

त्यसपछि रगत लागेको कपडा र चक्कु झोलामा राखेर कोठामा फर्किएको र सिक्री ५५ हजार रुपैयाँमा धरौटीमा राखेर पैसा लिएको उनले बताएका छन् ।

गत वैशाख ७ गते मातातीर्थ औंसीका दिन आफ्नै पसलमा रहेको समयमा निराको हत्या भएको थियो । हत्या आरोपमा वैशाख १७ गते विनोदलाई प्रहरीले पक्राउ गरेको थियो ।​

यसप्रकरणमा आइतवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी अनुसन्धानको प्रतिवेदनअनुसार निराको शरीरमा धारिलो हतियारका २० वटा चोट थियो ।

साथै दाहिने हातको नाडीमा दाँतको डाम समेत रहेको 'पोस्टमार्टम रिपोर्ट'मा उल्लेख छ । मृत्युको कारण 'मल्टिपल शार्प फोर्स इन्जुरी टु दी नेक, चेस्ट एन्ड एबडोमेन' भनेर पनि रिपोर्टमा जनाइएको छ ।

विनोद विश्वकर्माको बयानको पूर्णपाठ :

म एक सामान्य आर्थिक हैसियत भएको परिवारको सदस्य भएको हुनाले गाउँमै खेतिपाती तथा झापा जिल्लाको धुलाबारीस्थित क्यासिनोहरूमा बाउन्सरको काम गरी जीविकोपार्जन गर्दै आएको थिएँ । यसरी क्यासिनोमा बाउन्सरको काम गर्दा जुवा खेल्ने लतमा परी अन्य क्यासिनोहरूमा गई जुवा खेल्ने र बेलामौकामा मादक पदार्थ (रक्सी) समेत सेवन गर्न थालें । २०७६ / २०७७ सालको कोरोना महामारीको पहिलो लकडाउनको समयमा मैले झापा जिल्ला धुलाबारी स्थित क्वारेन्टाइनमा रेखदेख गर्ने काम पाई त्यहाँ काम गर्ने सिलसिलामा भेट भएकी *** रेग्मीसँग चिनजान भई सँगै खाने, बस्ने, डुल्ने गर्ने थालें । त्यस पछि बिस्तारै पैसाको अभाव हुन गई ऋण लाग्न थाल्यो, घर परिवार तथा श्रीमती समेतले यस्तो कुरा थाहा पाए पछि घर परिवारमा झै झगडा हुन थाल्यो । मैले काम खोज्दा कहिं कतै राम्रो काम नपाए पछि कामको खोजीमा काठमाडौं आई सरस्वतीनगर स्थित मेरी सानीआमा हरिमाया श्रेष्ठको घरमा बसि चाबहिलको बेबिलोन क्लबमा मासिक रु १६,०००/- (सोह्र हजार) पारिश्रमिकमा बाउन्सरको काम गर्न थालें । उक्त क्लबमा ३ महिना सम्म काम गरे पछि मेरो काम सन्तोषजनक नभएको भनि मलाई कामबाट हटाएकाले साथी काजी गुरुङको सहयोगमा ठमेलस्थित भाइब्रेट क्लबमा बाउन्सरको काम गर्ने थालें । २ महिना जति त्यहाँ काम गरेपछि मेरो केटी साथी रेग्मीले फोन गरी मलाई पनि काम लगाई देऊ, म पनि काठमाडौं आउँछु भनेकीले कोठा तथा काम समेत खोज्नका लागि मैले २०७९ सालको फागुन महिनाको १० गते तिर छुट्टी लिई नयाँ बसपार्क नजिकको शिव मन्दिर निर कोठा लिएँ । २६/२७ गते तिर निज रेग्मी काठमाडौं आएपछि हामी दुवैजना सँगै सोही कोठामा बसी भाइब्रेट क्लबमा काम गर्न गयौं । काममा गएको पहिलो दिनमै निज रेग्मीले म काम गर्दिनँ भनिन्, मलाई पनि त्यहाँ काम गर्न मन लागेन र ८/१० दिन पछि रेग्मी रेग्मी झापा फर्की गइन् । त्यसपछि मैले समेत कहीँ कतै काम नपाए पछि म डेरा कोठामा एक्लै बस्दै आइरहेको थिएँ । पछि मलाई डेरा कोठामा एक्लै बस्न, खान समेत खर्चको अभावमा समस्या भए पछि मिति मलाई यकिन थाहा भएन चैत्र महिनाको अन्तिम तिर मैले मेरो गाउँको चिनजानको भाइ भक्तपुर जिल्ला लोकन्थली स्थित डेरा कोठा गरी बस्ने सुरज साहलाई फोन सम्पर्क गरी मेरो लागी कतै नोकरी खोजि दिनु पर्यो, म पनि तिम्रो कोठामा आउँछु भनि भोलि पल्ट साँझ पख जडिबुटी चोक गई निज सुरज साहसँग उक्त चोकमा भेट भई हामी दुवै जना हिँड्दै निजको डेरा कोठामा गयौं । निजको डेरा • कोठामा निज सुरज साहका दुई जना साथीहरू पियुस गुप्ता र शिवशंकर मण्डल नाम गरेका व्यक्ति समेत सोही कोठामा बस्ने गरेका रहेछन् । दिउँसोको समयमा निजहरू सबै जना आ-आफ्नो काममा जाने र डेरा कोठामा म एक्लै भएको समयमा के कहाँबाट पैसा लिई मेरो ऋण के कसरी तिर्ने भन्ने चिन्ताले मलाई सताउन थाले पछि कहिँ कतै कोही कसैको धनमाल लुटपाट गरी धन सम्पत्ति आर्जन गर्ने दिमागमा कु-बिचार आई मिति २०८०।०१।०७ गतेको बिहान उठि सदा झैं सुरज साह आफ्नो काममा गए पछि म डेरा कोठामा एक्लै भई आज कहीँ कतैबाट धनमाल चोरी गर्नुपर्छ भनि डेरा कोठामा नै योजना बनाई सोही कोठामा रहेको मेरो आफ्नै ट्रयाक, जुत्ता, Adidas लेखिएको हाफ टि-सर्ट र बाहिरपट्टि सुरज साहको चेक सर्ट र मुखमा मास्क लगाई कोठामा रहेको शिवशंकर मण्डलको पिठ्युँमा बोक्ने झोला बोकी डेरा कोठाबाट निस्की पैदल हिँड्दै जडिबुटी चोक सम्म आई उक्त स्थानबाट बिहान अन्दाजी ११:३० बजे तिर भाडाको बस चढि आई चाबहिल केएल टावर नजिक पासाङल्हामुको सालिक भएको चोकमा बसबाट झरि (उत्रि) सोही स्थानको भित्री गल्लीहरूमा कोही कसैको धनमाल लुटपाट गर्न सकिन्छ की भनि हेर्दै घुमफिर गर्दै दिउँसो अन्दाजी साढे दुई बजे तिर घटनास्थल रहेको स्थान जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ कपन सरस्वतीनगरमा पुग्दा सो स्थानमा पछि नाम, थर सुनि थाहा भएकी निरा पाण्डे आचार्यलाई भाँडा पसल भित्र एक्लै देखि सो पसलमा सामान किन्ने निहुँमा भित्र प्रवेश गरी हेर्दा निजको गलामा सुनको सिक्री समेत देखेको र पसल पनि ठूलै भएकोले कारोबारको रकम पनि ठूलै होला भन्ने सोची यहीँ लुटपाट गर्नु पर्छ भन्ने निधो गरें । पसले साहुनी निरा पाण्डे आचार्यले के सामान चाहियो दाई भन्दा मैले रेष्टुरेन्ट खोल्न लागेको, सामान चाहियो भनि प्लेट, कप, थर्मस, हटकेस लगायतका सामानहरू निकाली प्याक गर्न लगाएँ, त्यही बेला दुई जना महिला र एक जना पुरुष मानिस पसलमा आई ग्यास चुलोको विषयमा सोधपुछ गरी फर्केर गए । म पसलमै रहेको अवस्थामा एक जना बालक र एक जना बालिकाले निज निरा पाण्डे आचार्यको लागि चिया ल्याई आए पछि साहुनी निरा पाण्डे आचार्यले मलाई दाई चिया खाने भन्दा मैले म खान्न भने पछि निजले नै चिया खाँदै गर्दा चिया लिई आएका बच्चाहरू समेत पसलमै बसि मोबाइल चलाई रहेकाले मैले सो पसलमा एक छिन सर समान हेरी प्लाष्टिकमा प्याक गर्न लगाउँदा सम्म पनि निज बच्चाहरू पसलबाट बाहिर ननिस्केपछि निरा पाण्डे आचार्यलाई तपाई सामान प्याक गरी दिनुस्, म एकछिनमा आउँछु भनि उक्त पसलबाट बाहिर निस्की साइडमा गई चुरोट खाई अन्दाजी ५/६ मिनेट पछि पुनः पसलमा जाँदा निज निरा पाण्डेलाई पसलमा एक्लै देखि निजको गला (घाँटी) मा रहेको सुनको सिक्री र पसलको सेफमा रहेको पैसा समेत डाँका गरी लिने भनि निरा पाण्डे आचार्यलाई पसलको काउन्टरभन्दा पछाडिपट्टि रहेको ऱ्याकको माथिल्लो भागमा रहेका सर समान देखाउनुभन्दा निज पसलको काउन्टरपछाडि गई र्‍याकमा राखिएको समान निकाल्न लाग्दा मैले निजको पछाडिपट्टिबाट पिठ्युँमा मुक्काले हानी निजको घाँटीमा रहेको सुनको सिक्री तान्न खोज्दा निजले के गरेको भनि आत्तिई हल्ला गर्न थालेकीले घटना थाहा भई पक्राउ पर्ने डरले मैले निजलाई अंगालो हाले जसरी अँठ्याई निजको मुख थुनि काउण्टर पछाडि भुइँमा लडाई सोही पसलमा रहेको धारिलो हतियार (चक्कु ) समाति निजको पेटको भागमा हानी पुनः मैले निजलाई चक्कुले प्रहार गर्दा निजले मैले प्रहार गरेको चक्कु छेक्ने क्रममा हातले समाती नछोडे पछि मेरो एउटा हातमा चक्कु भएको र अर्को हातले निजलाई अँठ्याई मुख थुनेकाले मैले निजको नाडीको भागमा दाँतले टोक्दा निजले हातमा समातेको चक्कु छोडेकी थिइन् । पछि सोही चक्कुले मैले निजको घाँटी, छाती तथा पेट समेतको भागमा पटक पटक प्रहार गरी निज निरा पाण्डे आचार्य रक्ताम्ये भई अचेत हुँदा मैले निजको घाँटीमा रहेको सुनको सिक्री निकाली, काउण्टरको घर्रामा रहेको करिब १२ / १३ सय नगद रकम समेत लिएको र मैले लगाएको सर्ट तथा निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कुमा समेत रगत लागेकाले उक्त सर्ट खोली सो सर्ट तथा चक्कु समेत मैले बोकी ल्याएको झोला भित्र हाली झोला बोकी भित्रपट्टि लगाएको कालो रंगको हाफ टी-सर्टमा बाहिर निस्की भाग्ने क्रममा केही पर सम्म पैदल हिँड्दै गई उक्त स्थानबाट नम्बर यकिन थाहा नभएको ट्याम्पुको अगाडि (चालकको बायाँ)पट्टिको सिटमा बसी चाबहिलसम्म आई चाबहिलबाट नम्बर थाहा नभएको पठाओ (मोटरसाइकल) मा चढि जडिबुटी चोक सम्म गई उक्त चोकबाट म पुनः अर्को पठाओ मोटरसाइकलमा चढी सुरज साह समेतको डेरा कोठामा गएको थिएँ। साँझ पख खाना खाई म सोही कोठामा सुतेको र ऐ. भोलि पल्ट अर्थात ०८ गते मैले सुरज साहको मोबाइल मागि चलाउने क्रममा सामाजिक सञ्जाल Facebook तथा Tiktook मार्फत निज निरा पाण्डे आचार्यलाई दिउँसै पसल भित्र अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी उपचारको क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको भन्ने खबर छ्यापछ्याप्ती पाएको थिएँ । त्यस पछि उक्त घटना सम्बन्धमा प्रहरीले मलाई पक्राउ गर्न सक्छ भनि मनमा डर पलाई म दिउँसोको समयमा कहिले पनि डेरा कोठाबाट बाहिर ननिस्की डेरा कोठा भित्र बसि रहने गरेको थिएँ। मैले निरा पाण्डे आचार्यलाई प्रहार गरेको चक्कु तथा घटना हुँदाको बखत मैले लगाएको सर्ट समेत सुरज साह समेतले देखि थाहा पाउँछन् भन्ने सोची उक्त सर्ट २ दिन पछि मैले सोही कोठामा रहेको फोहोर राख्ने बोरामा फालेको र साँझ अँध्यारो भई सके पछि चक्कु समेत डेरा कोठाबाट कोही कसैले थाहा नपाउने गरी लुकाई छिपाई साथमा बोकी ल्याई उक्त डेरा कोठा भन्दा अन्दाजी ५/७ मिनेटको दुरीमा आई खोलामा फालेको थिएँ । मैले निरा पाण्डे आचार्यको साथबाट डाँका गरी ल्याएको सुनको सिक्री बिक्री गरी आफ्नो खर्च जुटाई गृह जिल्ला झापा जानु पर्यो भन्ने सोची मिति २०८०।०१।१२ गते म लोकन्थलीस्थित डेरा कोठाबाट गोंगबु स्थित बसपार्क सम्म आई मेरो चिनजानको साथी नर बहादुर विश्वकर्माको जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. १० हिलेटोलस्थित रहेको सुनचाँदी पसलमा गई निज नरबहादुर विश्वकर्माको साला प्रदीप गदाइलीलाई नरबहादुर विश्वकर्मा मेरो चिनजानको साथी हो भनी कुराकानी गरी मैले निज प्रदीप गदाइलीसँग मलाई समस्या परेकाले म मेरो सिक्री बिक्री गर्छु के कति रकम हुन आउँछ भन्दा निज प्रतिवादी प्रदीप गदाइलीले सिक्री बिक्री गर्ने भए यसको सक्कलै बिल चाहिन्छ भनि बिल माग गरेकाले मैले निज प्रदीप गदाइलीसँग सिक्रीको बिल अहिले मसँग छैन, बरु केही दिनका लागि बन्धकीमा राखी पैसा लिई जान्छु, केही दिन पछि म पैसा लिई आफ्नो सिक्री लिएर जान्छु भन्दा निजले हुन्छ भनि तौल गरी ९८ लाल रहेको भनि तत्काल मलाई रु.५५,०००/- (पचपन्न हजार) दिएकाले उक्त पैसा लिई माछापोखरी पुल नजिकै भित्री गल्लीमा रहेको जनक मोबाइल पसलमा गई हाल प्रहरीले मेरो साथबाट बरामद गरेको Second hand मोबाइल रु. १०,०००/- (दश हजार) मा खरिद गरी म सँगै रहेको सिम कार्ड उक्त मोबाइलमा हालि सोही स्थानबाट मैले नम्बर यकिन थाहा नभएको ट्याक्सी बुक गरी जिल्ला काठमाडौं टोखा न.पा. वडा नं. ९ जलविनायक चोक स्थित आफ्नो डेरा कोठामा गई कोठाबाट आफ्नो लगाउने लुगा कपडा लिई सोही ट्याक्सीमा बसि म लोकन्थली स्थित सुरज साहको डेरा कोठामा फिर्ता भएको थिएँ । साँझ पख उक्त कोठामा बस्ने शिवशंकर मण्डल डेरा कोठामा नआई साथीको डेरा कोठामा गएको थियो ।

 उक्त साँझ मैले निज सुरज साहलाई यता बसेर कहि कतै नोकरी पाइएन, त्यतिकै यता बसेर के गर्ने, म भोलि घर छु । आज अन्तिम दिन केही रमाइलो गर्नु पर्यो भनि मैले नै नजिकको पसलबाट डेरा कोठामा रक्सी तथ कुखुराको मासु ल्याई हामी दुवै जनाले रक्सी मासु खाई सुतेका थियौं । ऐ. भोलि पल्ट बिहान उठि म तयार भई आफ्नो झोला लिई अन्दाजी ६ बजेको समयमा डेरा कोठाबाट निस्की ट्याक्सी बुक गरी बसपार्क सम्म गई बसपार्क बाट हाईसमा बसि इटहरी गई दुई दिन इटहरीस्थित नाम थाहा नभएको होटलमा बसि ऐ. १५ गते इटहरीबाट झापाको बिर्तामोड गई होटलमा बस्दै आई रहेकोमा ऐ. १६ गतेको राति अन्दाजी १० बजेको समयमा म जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ५ ईलाम स्टेन स्थित हिड्डुल गरी रहेको अवस्थामा एक्कासि सादा पोसाकका प्रहरी टोलीले मलाई फेला पारी पक्राउ गरी उक्त राति मलाई झापाकै हिरासत कक्षमा राखि ऐ.१७ गते काठमाडौं ल्याई मेरोविरुद्ध मृतक निरा पाण्डे आचार्यको श्रीमान योगेन्द्र आचार्यले ज्यान सम्बन्धी (कर्तव्य ज्यान) कसुर शीर्षकमा जाहेरी पेश गरेकाले प्रस्तुत मुद्दाको अनुसन्धानको सिलसिलामा हाल म प्रहरी वृत्त बौद्धको हिरासत कक्षमा रहेको छु, प्रहरीले अनुसन्धानको क्रममा घटनास्थल वरपर तथा चाबहिल र जडिबुटीमा रहेका सिसीटिभीबाट संकलन गरी मिसिल संलग्न गरेको फुटेजमा देखिएको कालो रंगको हाफ टि- सर्ट, खैरो रंगको ट्राउजर, कालो रंगको जुत्ता र मुखमा मास्क लगाई पछाडि झोला बोकेको व्यक्ति मै हुँ। जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित मेरो साथि सुरज साहको कोठाबाट बरामद गरेको जुत्ता, कपडा र झोला तथा मलाई झापाबाट पक्राउ गर्दा बरामद गरेको ट्राउजर र Adidas लेखिएको कालो भेष्ट समेत मैले वारदात हुँदा प्रयोग गरेका सामान हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

विभिन्न ६१ जना नागरिक अगुवाले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । साध्यबहादुर भण्डारी, डा सुरेन्द्र भण्डारी, रामकुमार रिजाल, सुवोधराज प्याकुरेल, अनिल योगी, स्वागत...

जेठ १३, २०८०

आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा म...

जेठ १३, २०८०

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक ...

जेठ १४, २०८०

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।  जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...

जेठ १४, २०८०

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराट...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x