
पर्साको फूलबरियाबाट १० केजी चरेससहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको कालीकामाई वडा नम्बर १ का २१ वर्षीय अनिल पासवान रहेका छन् ।
उनलाई पर्साको कालीकामाईस्थित इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी निरीक्षक मोहनबिक्रम केसी नेतृत्वको टोलीले आज (शुक्रवार) बिहान पक्राउ गरेको हो ।
फूलबारियाबाट मुरलीतर्फ जाँदै गरेको भारतीय मोटरसाइकलमा सवार पासवानको साथबाट १० केजी चरेससमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।