२९ जेठ २०८३, शुक्रबार
सीके राउतको निर्णय

जनमतले दुई जना समानुपातिक सांसद हटाउन प्रक्रिया अघि बढायो

जनमतले दुई जना समानुपातिक सांसद हटाउन प्रक्रिया अघि बढायो

जनमत पार्टीले प्रतिनिधिसभाका दुई जना समानुपातिक सांसदलाई फिर्ता बोलाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको जनमतको केन्द्रीय समिति बैठकले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै सोनु मुर्मुर र बिनिता सिंहलाई सांसदबाट हटाउने प्रक्रिया थाल्ने निर्णय गरेको नेता चन्दक सिंहले जानकारी दिए । 

सांसदका रुपमा उनीहरुमा अक्षमता देखिएको निष्कर्ष निकाल्दै जनमतले सबै प्रक्रिया मिलाएर उनीहरुको ठाउँमा नयाँ नाम पठाउने निर्णय पनि  गरेको छ । यद्यपि बैठकले नयाँ नाम भने टुंगो लगाइसकेको छैन ।

  जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद रहेका छन् । जसमा सीके राउतमात्रै प्रत्यक्षबाट निर्वाचित भएका थिए । 

यस्तै बैठकले पार्टी हितविपरीतका गतिविधि गर्ने केही नेतालाई कारबाही गर्ने निर्णय समेत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्