जेठ १४, २०८०
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७ लाख ३३ हजार, जिल्ला प्र...
अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।
विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए ।
सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए ।
पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ । गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताउ ।
लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच प्रहरी एकाइ भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, ९७ लाख ३३ हजार, जिल्ला प्र...
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ढुङ्गानालाई योजना आय...
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ ।...
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १४ कलंकीमा सु.प.प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बा.प्र.०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई आइतवार दिउँसो ठक्कर दिएको...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ करोड ६ लाख बिगो दाबीसहित कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । नेपाल, भारत चीनलगायत अन्य देशहरूमा दुर्लभ वन्यजन्तुको छा...
चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा देशैभर जम्मा १०४ किलोमिटर मात्रै निर्माण भएको छ । सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार ८ महिना (साउन–फागुन)सम्म एक सय किलोमिटर मा...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...