०६ साउन २०८३, बुधबार

नागरिकलाई नछुने नीति कार्यक्रम र विकासको केही अर्थ हुँदैन : विश्वप्रकाश शर्मा

मान्छेलाई केन्द्रमा नराख्दा भ्यूटावर ठडिन्छ ​​​
नागरिकलाई नछुने नीति कार्यक्रम र विकासको केही अर्थ हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेस सांसद विश्वप्रकाश शर्माले मान्छेलाई केन्द्रमा नराख्दा भ्यूटावर मात्रै ठडिने बताएका छन् । 

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शर्माले नागरिक र मान्छेलाई नछुने नीति कार्यक्रम र विकासको केही अर्थ नहुने बताएका हुन् । 

‘झापामा अर्बको भ्यूटावर बन्दै गर्दा धनुषामा डेढ सय नपाउँदा राजु सदाको मृत्यु भएको थियो । कीर्तिपुरमा कोरोनाकालमा नाम्लोमै एक व्यक्तिले मृत्युवरण गर्न पुगे’ शर्माले भने, ‘यसैले नागरिक र मान्छेलाई केन्द्रमा राखेर नीति कार्यक्रम बनाउनुपर्छ । बजेट ल्याउनुपर्छ । मान्छेलाई केन्द्रमा नराख्दा हुने भौतिक संरचनाले मात्रै समाधान दिँदैन ।’ 

दमकमा भ्यूटावर बनिसकेपछि सरकारले दूरबीन लगाएर सुकुम्बासीको पीडालाई सम्बोधन गर्न लाग्नुपर्ने पनि शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्