०३ असार २०८३, बुधबार

स्थानीय वायुको प्रभावले काठमाडौंमा वर्षा, राति चट्याङसहित पानी पर्ने सम्भावना

स्थानीय वायुको प्रभावले काठमाडौंमा वर्षा, राति चट्याङसहित पानी पर्ने सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बागमती, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

प्री–मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताए ।

आज राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्