२६ असार २०८३, शुक्रबार

९ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन

जेठ १३, २०८०
९ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन

एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेको पाइएको छ ।
 
युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेको पाइएको हो । कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो । 

चालु वर्षको  प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुवरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले सङ्घका सदस्य देशमा शरणका लागि आवेदन बुझाएके र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

  युरोपेली सङ्घमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको रहेको छ । शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ । जर्मनीमा फेव्रुवरीमा २५ हजारभन्दा आवेदन परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्