२८ जेठ २०८३, बिहीबार

कम्युनिस्ट नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय हो : नेता खनाल

कम्युनिस्ट नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय हो : नेता खनाल
फाइल फोटो

नेकपा एकीकृत समाजवाद का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय भएको बताएका छन् ।

काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले कानून सबैलाई समान रहेकाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने उनले बताए । घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै उनले संगठित अपराधका रूपमा रहेको विषय राष्ट्रका विरुद्ध रहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले ठूला ३ दलको छलफलपछि छानबिनलाई प्रभावित बनाएर केही दोषीलाई उन्मुक्ति दिने आशंका जनताले गरिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे ।


उनले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट आफ्नो पार्टी सन्तुष्ट नरहेकाले ध्यानाकर्षण गराउनु पार्टीको कर्तव्य रहेको बताए । उनले अहिले साना छरिएका समान विचार भएका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरी एउटा बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि छलफल चलिरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्