×

NMB BANK
NIC ASIA

सदन चल्न लाग्दा सडक संघर्ष

निषेधाज्ञाबीच कोशी प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने आन्दोलनकारीको तयारी

जेठ १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

झण्डै ३ महिनापछि आइतवार कोशी प्रदेशसभा बैठक बस्दैछ ।

Muktinath Bank

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार दिउँसो २ बजेका लागि बजेट अधिवेशनको आह्वान गरेकाले बैठक बस्न लागेको छ । ८९ दिनपछि कोशी प्रदेशसभा बैठक बस्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुन १७ गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट प्रदेशको नाम ‘कोशी’ राखिएको थियो । त्यसपछि बैठक बसेको छैन ।


Advertisment
Nabil box
Kumari

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा प्रदेश नामकरण गरिएको थियो । एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले ‘कोशी’को विपक्षमा मतदान गरेका थिए । 

Vianet communication
Laxmi Bank

नामकरण भएपछि प्रदेशमा आन्दोलन हुँदै आएको छ । जातीय पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा १ जनाको मृत्यु भएको छ । 

आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको हो । पटक–पटक भएका झडपमा परी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । 

त्यति मात्रै होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि समेत नामकरणकै विषयलाई लिएर पूर्वका विभिन्न जिल्लामा पार्टीको काममा आउँदा आक्रमणको प्रयास भएको थियो । मुख्यमन्त्री हिक्मत कार्की, नेकपा माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्वो, नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगर लगायतका नेतामाथि समेत आक्रमणको प्रयास भएको थियो । 

नामकरणको ३ महिना बितिसक्दा पनि आन्दोलनले निकास पाएको छैन । कोशीकै पक्षमा हस्ताक्षर गर्ने दलहरू आन्दोलनरत पक्षसँग वार्ता गरेर निकास खोज्न सरकारलाई आग्रह गरिरहेका छन् भने मुख्यमन्त्रीको दल नेकपा एमाले प्रदेश सभाले गर्ने काम भन्दै उम्किरहेको छ ।

‘कोशी सरकारले ल्याएको नाम होइन,’ नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रवण भण्डारीले भने, ‘वार्ता, छलफल गरेर निष्कर्षमा पुग्न सक्ने अवस्था सरकार छैन । हामीले वार्ता गर्नुको औचित्य पनि छैन ।’

प्रमुख सचेतक भण्डारीले भने, ‘कोशी प्रदेश सरकारको प्रस्ताव पनि होइन । प्रदेश सभाबाट उठेको विषय हो । प्रदेश सरकारले बोलाएर यो नाम फेर्छु भनेर फेर्ने कुरा पनि भएन । वार्ता भनेको सम्झौता हो । प्रदेश सरकारसँग सहमति गरेर सम्झौता गर्ने क्षेत्र अधिकार पनि छैन । आन्दोलनरत पक्षले शहीद घोषणा तथा क्षतिपूर्तिको माग उठाएका थिए, उनीहरूका माग केन्द्रीय सरकारले पूरा गरिसकेको छ ।’

null

सभामुख बाबुराम गौतमले शान्ति, सुरक्षा गर्ने काम प्रदेश सरकारको भएको बताएका छन् । प्रदेशमा आएका प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश मात्रै गरेको उनले बताए ।

कोशीकै पक्षमा खुलेका माओवादी केन्द्र र कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका छन् । ‘नामकरण पछाडि पटक–पटक सरकारले आन्दोलनलाई बेवास्ता गर्नु हुँदैन,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘सरकारले बन्दुक, अश्रुग्यास र लाठीचार्ज प्रहार गरेर आन्दोलन नियन्त्रण गर्ने सोच्नु हुँदैन ।’ 

आन्दोलनरत पक्षले पनि सरकारले वार्तामा बोलाए बस्न तयार रहेको बताएका छन् । १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक केन्द्रसिं थेगिमले सरकारले वार्तामा बोलाएमा छलफल गर्न तयार रहेको बताए ।

शान्तिपूर्ण आन्दोलनलाई अपमान गर्ने हिसाबले सरकार आइरहेको उनले आरोप लगाए । नामकरण गर्दा पनि केन्द्रतिरकै मुख ताक्ने प्रदेशका नेताले अहिले समस्या समाधान गर्न पनि केन्द्रकै मुख ताक्न नहुने उनले बताए ।

null

निषेधाज्ञा लगाएर प्रदेशसभा बैठक 

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस हुने गरेकाले शान्ति सुरक्षामा असर परेको भन्दै शनिवार बिहान ६ बजेबाट अर्काे आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा घोषणा गरेको छ । निषेधित क्षेत्रमा सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाएको छ । 

nullनामकरण पछाडि शान्ति सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलुस, धर्ना, भेला लगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए  । 

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व क्षेत्रसम्मलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ । 

nullप्रदेशसभा सदस्यलाई बाटोमा अवरोध हुने भएपछि एमालेले शनिवार साझासम्ममा नै विराटनगर आइपुग्न निर्देशन गरेको थियो । एमालेकै एक सांसदका अनुसार सबै सांसदलाई शनिवार नै विराटनगर आइपुग्न निर्देशन गरिएको थियो ।

एमालेले आइतवार बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ । आन्दोलनरत पक्षले प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनभित्र पस्न नदिने भन्दै आइतवार विराटनगर केन्द्रित आन्दोलन गर्ने घोषणा नै गरेको छ । शुक्रवार विराटनगरमा युवादस्ता समेत घोषणा गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x