२२ असार २०८३, सोमबार

लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालन

लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालन

लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ ।

प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक रुपमा सञ्चालन गरिने जानकारी दिएको हो ।

आइएमई ग्रुपका प्रमुख चन्द्रप्रसाद ढकालले ५ अर्ब लगानीमा बनेको केबलकारले लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खोल्ने बताए ।

३ किलोमिटर लामो केबलकारको अन्तिम स्टेशनमा प्रसिद्ध कामाख्या मन्दिर पर्यटकहरूले दर्शन गर्न पाउनेछन् ।

मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्नेछ । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ । पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउनेछन् । तत्कालका लागि ७५० रूपैयाँ भाडा रहेको छ ।

null

भारतसँगको नाकाबाट आधा घण्टामा बुटवल आउन सकिन्छ । गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने अध्यक्ष ढकालले बताए । 

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएर निर्माण गरिएको हो ।

लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्ने भएको छ ।

टप स्टेशनमा पाँच तारे होटल पनि निर्माण भइरहेको छ । बुटवलबाट प्रदेशको राजधानी सर्नु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फूलफेजमा नचलेको बेला केबलकारले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिलाई चलाएमान बनाउदै बुटवललाई गन्जार बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।

बुटवलमा अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ । सिद्धार्थ केबलकार पारी बुटवलदेखि नुवाकोटसम्मको रहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्