असोज १२, २०८०
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...
लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।
आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ ।
प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक रुपमा सञ्चालन गरिने जानकारी दिएको हो ।
आइएमई ग्रुपका प्रमुख चन्द्रप्रसाद ढकालले ५ अर्ब लगानीमा बनेको केबलकारले लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खोल्ने बताए ।
३ किलोमिटर लामो केबलकारको अन्तिम स्टेशनमा प्रसिद्ध कामाख्या मन्दिर पर्यटकहरूले दर्शन गर्न पाउनेछन् ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्नेछ । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ । पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउनेछन् । तत्कालका लागि ७५० रूपैयाँ भाडा रहेको छ ।
भारतसँगको नाकाबाट आधा घण्टामा बुटवल आउन सकिन्छ । गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने अध्यक्ष ढकालले बताए ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएर निर्माण गरिएको हो ।
लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्ने भएको छ ।
टप स्टेशनमा पाँच तारे होटल पनि निर्माण भइरहेको छ । बुटवलबाट प्रदेशको राजधानी सर्नु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फूलफेजमा नचलेको बेला केबलकारले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधिलाई चलाएमान बनाउदै बुटवललाई गन्जार बनाउन टेवा पुग्ने विश्वास लिइएको छ ।
बुटवलमा अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ । सिद्धार्थ केबलकार पारी बुटवलदेखि नुवाकोटसम्मको रहेको छ ।
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...
छन्दू– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रच...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलप...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...