१९ असार २०८३, शुक्रबार

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्कीसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लागत अनुमान बमोजिम कार्य नभए पनि कार्य सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी गरेको अभियोगमा आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन निमित्त प्रमुख प्रशासकीय सार्की, इन्जिनियर जनक रोकाय, सव–इन्जिनियर प्रेमबहादुर बस्नेतले तिला गाउँपालिका वडा नम्बर १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा अनियमितता गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताब तयार गरी ५ लाख ४५ हजार ४१९ रुपैयाँ भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

साथै, नाग पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध पनि मुद्दा गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्