
सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी कंसाकारले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट शपथ लिएकी हुन् ।
शपथ ग्रहणपछि रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सांसद कंसाकारलाई बधाई तथा शुभकामना दिएका थिए ।
अडियो टेप प्रकरणमा पार्टी र सांसद पदबाट बर्खास्त भएका सांसद डा ढाकाकुमार श्रेष्ठको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।
