
अर्थमन्त्री डा. प्रकाशशरण महत आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्न संसद् भवन पुगेका छन् ।
सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री महत संसद् भवनमा पुगेका हुन् ।
सोमवार अपराह्न ४ बजेपछि बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्रीले बजेट पेश गर्ने कार्यसूची छ ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।