०९ असार २०८३, मंगलबार

८ विमानस्थल स्तरोन्नति गरिने

८ विमानस्थल स्तरोन्नति गरिने

सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नतिगरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए । 

त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गालगायत विमानस्थलको स्तरोन्नति गरिने बताए ।

दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्