
मृत्युमार्गको उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण शुरू गरिएको सुरूङमार्ग निर्माणलाई तीव्रता दिइने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सुरूङ मार्गका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।
सुरूङमार्ग निर्माण शुरू भइसकेको छ । सुरूङ मार्गको टनेल निर्माण थालिएको छ । यो सुरुङले पहाड र तराईलाई जोड्ने छ ।