
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए । अहिले सरकारले बजेटमै बसोबार हटाउने योजना समावेश गरेको छ ।