
बुटवलदेखि कपिलवस्तुको गोरुसिङ्गे सडक चार लेनमा विस्तार गरिने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो सडकलाई फोर लेनमा विस्तार गरिने बताए ।
उनले बढ्दो सवारीसाधानको चापले गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको ५० किलोमिटर दूरीको यो सडक विस्तार गरिने बताए ।