
सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन् ।
चालू आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रूपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो । मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रूपैयाँ बढी बजेट विनियोजन भएको छ ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।