२८ जेठ २०८३, बिहीबार
बजेट भाषण

सरकारले ब्युँतायो विवादास्पद सांसद विकास कोष, प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन

सरकारले ब्युँतायो विवादास्पद सांसद विकास कोष, प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन

सांसदलाई विकासको ठेकेदार बनाएको भन्दै आलोचना भएको सांसद विकास कोष सरकारले ब्युँताएको छ ।

प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले ५ करोड खर्च गर्न पाउनेगरी सरकारले बजेटमा सांसद विकास कोष ब्युँताएको हो । 

सोमवार प्रतिनिधि सभामा बजेट पेश गर्दै अर्थमनत्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास आयोजनाका लागि प्रत्येक निर्वाचन क्षेत्र मा ५ करोडको कार्यक्रम ल्याइएको बताए ।

यो कार्यक्रमअन्तरगत एउटा कार्यक्रममा कम्तीमा १ करोड छुट्याउनु पर्नेछ ।

सांसद विकास कोषको विवादास्पद कार्यक्रमका लागि ८ अर्ब २५ करोड छुट्याएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्