
आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशका केही ठूला आयोजनामा सरकारले बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/०८१ को बजेटमा कोशी प्रदेशमा केही ठूला आयोजनाका लागि बजेट विनियोजन गरेका छन् ।
कोशी कोरिडोरका लागि ८० करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउने कार्यलाई तीव्रता दिइने जनाइएको छ ।
काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति शुरू गरिने, मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर खण्डको सडक निर्माण गरिने, मदन भण्डारी सडकअन्तर्गत इलाम–सुनसरी खण्डको सडक निर्माण गरिने अर्थमन्त्री महतले जनाएका छन् ।