२४ जेठ २०८३, आइतबार

बजेटले अर्थतन्त्र सुधारको बाटो देखाएको छ : उदयशमशेर राणा

बजेटले अर्थतन्त्र सुधारको बाटो देखाएको छ : उदयशमशेर राणा

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयत्न स्वरूप बजेट ल्याएको टिप्पणी गरेका छन् । 

आगामी आर्थिक वर्षको बजेट संसद्‍मा प्रस्तुत भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘अप्ठ्यारो परिस्थितिमा बजेट आएको छ । कतिपय खर्च घटेका छन् । पोहोर सालभन्दा बजेटको साइज घटेको छ । चालू खर्च बढेको छ । कतिपय समिति, योजना घटाएको देखिन्छ’ राणाले भने, ‘अहिलेको परिस्थितिमा अप्ठ्यारोमा बजेटलाई नराम्रो भन्न सकिन्न । अर्थतन्त्रलाई सुधार गर्ने प्रयास गरिएको देखिन्छ । अब बजेटलाई लागू कसरी हुन्छ भन्नेमा यसको सफलता भर पर्छ ।’

उनले क्षेत्र विकास कोषमार्फत प्रतिसांसदलाई ५ करोड दिइएको रकमलाई सही सदुपयोग गर्नुपर्ने पनि बताए ।

‘सबै पूर्वाधार खर्चमा गर्ने भनिएको छ । पाँच करोड पाँच योजना भनिएको छ । यो राम्रो हो ।’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्