०८ साउन २०८३, शुक्रबार

घरका मानिसले दिएनन् अपरेसनको अनुमति नदिँदा...

कात्तिक २०, २०७४
घरका मानिसले दिएनन् अपरेसनको अनुमति नदिँदा...

काठमाडौं,२३  भदौ — चीनको शाङ्सी क्षेत्रमा एउटा ससनीपूर्ण घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २६ वर्षीया महिलाले सिजेरियन अपरेसन गराउने अनुमति नदिएकाले छतबाट हाम्फालेर ज्यान दिएकी छन् ।


खबरअनुसार मा नामक यी महिला ४२ हप्तादेखि गर्भवती थिइन् । भदौ १४ गते उनलाई पेट एकदमै धेरै दुख्यो । हतारमा उनलाई युलीनको अस्पतालमा भर्ना गरियो ।

चिकित्सकहरूले जाँचेपछि उनले तत्कालै डेलिभरी गर्नुपर्ने बताए । तर उनीहरूले यसो पनि भने, ‘माले प्राकृतिक रूपमा बच्चा जन्माउन सक्दिनन् किनकि जटिलताहरू छन् । उनको सिजेरियन अपरेसन गर्नुपर्छ ।’

मा आफू त सिजेरियनका लागि तयार भइन् तर उनका घरका मानिस मानेनन् । चिनियाँ कानूनअनुसार कुनै पनि डाक्टरले परिवारको अनुमतिबेगर रोगीको सर्जरी गर्न पाउँदैन ।

मा र अस्पतालका कर्मचारीले धेरै सम्झाइबुझाइ गरेपनि परिवारका मानिस मानेनन् ।

त्यसपछि भदौ १९ गते माले बीसौं तल्लाबाट हाम्फालेर ज्यान दिइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्