
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनले फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै ४० लाख रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका पाख्रिनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।