२२ असार २०८३, सोमबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ४० लाख ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ४० लाख ठगी, एक जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्‍ने ५० वर्षीय सुरेशकुमार पाख्रिन रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनले फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्‍दै ४० लाख रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका पाख्रिनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्