काठमाडौं, २५ पुस–उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा खेलेको भूमिकलाई विर्सन नसकिने बताएका छन् । उनले पृथ्वीनारायण राष्ट्र नयाक भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते आयोजना गर्न लागेका चियापानको निम्ता गर्न पुगेका राप्रपा नेपालका नेतासँग उपराष्ट्रपति पुनले पृथ्वीनारायणको योगदानको कदर गर्नुपर्ने बताएको थिए ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीका अनुसार भेटमा उपराष्ट्रपति पुनले पुस २७ लाई सवैले स्मरण गर्नु पर्ने बताए । पुनले उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा विदा दिए नेपाल र नेपालीकै सम्मान हुने बताए ।
राप्रपा नेपालले राष्ट्रिय एकता दिवसमा आयोजना गर्न लागेको चियापानमा सहभागी हुन उपराष्ट्रपतिलाई आग्रह गरेको थियो ।