०१ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकद्वारा थापाथली र पशुपति क्याम्पससँग भुक्तानी सम्झौता

एनआईसी एशिया बैंकद्वारा थापाथली र पशुपति क्याम्पससँग भुक्तानी सम्झौता

एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ ।

सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।​

बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर, परीक्षा तथा मासिक, आइडी कार्ड, प्राइओरिटी, सर्टिफिकेट, प्राक्टिकल, फिल्ड रिपोर्ट, टिचिङ प्राक्टिस, रेकम्मेन्डेसन वा अन्य कुनै पनि शुल्क बैंकको क्युआर कोड, मोबाइल बैंकिङ्ग एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्नेछन् ।
अहिलेसम्म यी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित हुनुपर्ने बाध्यता थियो ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।

बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय ८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा पनि बैंकले सेवा प्रदान गर्दै आइरहेको छ । 

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्