३२ असार २०८३, बिहीबार

काजीमानले गाडी फिर्ता गरे

काजीमानले गाडी फिर्ता गरे

अर्काकै नाममा रहेको गाडी चढेर फिर्ता गर्न नमानेको कराँतेका तत्कालीन प्रमुख प्रशिक्षक काजीमान श्रेष्ठले गत बिहीवार गरेको सहमति कार्यान्वयन गरेका छन ।

कराँतेका मुख्य प्रशिक्षक रहेको काजीमान श्रेष्ठले अर्काको नामको गाडी प्रयोग गर्दै आएका गाडी मंगलवार फिर्ता गरेर बिहीवार गरेकाे सहमति कार्यान्वयन गरेका छन ।

उनले समयमा नै फिर्ता नगरेपछि गाडी धनी जीवन पाण्डेले पटक पटक ताकेता गर्दै आएका थिए ।

श्रेष्ठले भने २ लाख रुपैयाँ साथीसँग ऋण लिएर उक्त गाडी प्रयोग गर्न दिएका थिए ।

साथीको पैसा फिर्ता गर्न नसकेपछि गाडी पनि ल्याउन नसकेकाे बताउँदै आएका श्रेष्ठले मंगलवार भने गाडी फिर्ता गरेका छन् । श्रेष्ठले गाडी फिर्ता गरेपछि गाडी धनी पाण्डेले श्रेष्ठविरुद्ध राष्ट्रिय खेलकुद परिषद्‌मा दिएको उजुरी पनि फिर्ता लिएका छन ।

श्रेष्ठले गाडी फिर्ता गरेपछि उजुरी फिर्ता लिएको पाण्डेले बताए । पाण्डेले भने आफ्नो गाडी चोरी गरेकोभन्दै परिषद्‌मा उजुरी दिएका थिए ।

गाडी धनी पाण्डेले आफ्नो नाममा दर्ता रहेको बागमती प्रदेश ०१–०२६–७७२१ नम्बरको निशान कम्पनीको डास्टुन रेडी गो गाडी पटक–पटकको ताकेतापछि फिर्ता आएको पनि उनले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्