
चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मीनाक्षी लेखीले स्वागत गरिन् ।
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा नाचगानसहित स्वागत गरिएको थियो ।
समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरमा कुरा गर्ने कार्यक्रम छ ।
भारतसँग केही सम्झौता पत्रमा हस्ताक्षर र केही आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।