१२ साउन २०८३, मंगलबार

प्रचण्ड भारत पुगेपछि विदेश मन्त्रालयका प्रवक्ताले लेखे–भ्रमणले सम्बन्धलाई नयाँ गति दिनेछ

प्रचण्ड भारत पुगेपछि विदेश मन्त्रालयका प्रवक्ताले लेखे–भ्रमणले सम्बन्धलाई नयाँ गति दिनेछ

चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मीनाक्षी लेखीले स्वागत गरेकी छन् । 

प्रधानमन्त्री प्रचण्डको भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन् । 

समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आजै साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरमा कुरा गर्ने कार्यक्रम छ ।

भारतसँग केही सम्झौता पत्रमा हस्ताक्षर र केही आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्किने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्