१७ असार २०८३, बुधबार

किम जोङ ऊनलाई नेपालबाट सन्देश - तिमी सन्की र स्वतन्त्रता विरोधी भयौ !

कात्तिक २०, २०७४
किम जोङ ऊनलाई नेपालबाट सन्देश - तिमी सन्की र स्वतन्त्रता विरोधी भयौ !

काठमाडौं, २२ भदौ ( मानव अधिकार तथा शान्ति समाजको आयोजनामा विहिबार नेपालस्थित उत्तर कोरियाली दुतावास अगाडी विरोध प्रदर्शन भएको छ ।

“युद्ध निषेध, शान्ति विशेष” भन्ने मान्यतासहित युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई प्रवद्र्धन गर्न निरन्तर अभियानरत रहेको शान्ति समाजले उत्तर कोरियाले पुन गरेको आणविक परीक्षणको निन्दा गर्दै विरोध प्रदर्शन आयोजना गरेको हो ।

ललितपुरस्थित उत्तर कोरियाली राजदुतावास अगाडि १ घण्टा विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कंडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष वटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्यहरु रमा दवाडी, गिता तिमल्सिना, यदु खतिवडासहित दर्जनौं शान्तिवादीहरु सम्मिलित थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले उत्तर कोरियाली शासक किम जोङ ऊनको सनक र स्वतन्त्रता विरोधी आचरणका कारण स्वयं उत्तर कोरिया विश्व समुदायबाट एक्लिन थालेको बताए ।

सन्की शासकहरुको लहडका कारणले विश्व शान्ति खलबलीन थालेको र किम जोङ उनको कारणले उत्तर कोरियाली जनताले पनि दुःख पाइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्