असोज १३, २०८०
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघ...
जेठ १८, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ ।
औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीवार बिहान महात्मागान्धीकोे समाधिस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीवार नै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा बुधवार रात्रिभोज सहितको कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरे ।
नेपाल र भारतबीच सदियौं पुरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि २ देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैंमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रशन्नता व्यक्त गरे । उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चिन समेत आग्रह गरे ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधवार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।
बुधवारै साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा समेत सहभागी थिए ।
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघ...
काँकडभिट्टा– नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न ला...
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरL पार्टी निर्माण अभियानमा लागेको बताएका छन्। माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा ब...
नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनता...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि मनोनयन दर्ता शुरू भएको छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार साँझ ५ बजेपछि मनोनयन दर्ता शुरू भएको हो । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...