२४ जेठ २०८३, आइतबार

झापामा गर्मी बढेपछि विद्यालय बन्द

झापामा गर्मी बढेपछि विद्यालय बन्द

झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

मेचीनगर नगरपालिकाले २ दिन तथा कचनकवल गाउँपालिकाले ५ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । 

कचनकवलले बिहीवारदेखि जेठ २२ गतेसम्म ५ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

बिहीवारदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।
 
मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण २ दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए । झापामा बुधवारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्