
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका छन् । आज बिहान राजघाटस्थित गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गरेका हुन् ।

भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो।

भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखले गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन छ ।