२१ जेठ २०८३, बिहीबार
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता सम्पन्न, केहीबेरमा पत्रकार सम्मेलन

जेठ १८, २०८०
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता सम्पन्न, केहीबेरमा पत्रकार सम्मेलन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ । 

दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डल र वान टु वान स्तरमा भेटवार्ता भएको हो ।

भेटपछि दुवै प्रधानमन्त्रीले फोटो खिचाएका थिए ।

अब दुई देशबीच केही सहमति पत्रमा हस्ताक्षर हुनेछ भने त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्