०५ साउन २०८३, मंगलबार

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण
फाइल फोटो

कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले सफल आरोहण गरेका छन् । 

आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । 

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा पुगेका थिए । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्