
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा अतिरिक्त हवाई रुटका लागि गरेको आग्रहलाई समकक्षी नरेन्द्र मोदीले सकारात्मक संकेत दिएको बताएका छन् ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिरिक्त हवाई रुटका लागि गरेको आग्रहलाई मोदीले दिएको सकारात्मक संकेतलाई आफूले स्वागत गरेको बताए ।
एटीआर विमान उडान सञ्चालन सम्भव पनि रहेको उनको भनाइ छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आईएलएस प्रोसिजरलाई भारतले अनुमति दिएको उनले बताए ।
पोखरा तथा भैरहवाबाट दुवै देशबीच उडानका विषयमा सकारात्मक रहेको उनले बताए ।