२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

जेठ १८, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

सो क्रममा उनहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।​

आजै प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार नयाँदिल्ली पुगेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्