
नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज बिहीवार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई नेकपा एमालेनिकट अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा ज्ञापनपत्र बुझाएको हो ।