×

Dabur
MG

सन्दर्भ : 'अखण्ड भारत'को नक्सा

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । 

yONNEX
Sagarmatha Cement

भारतीयहरूले भारतका अलावा बंगलादेश, म्यान्मार, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र नेपालको भूगोललाई अखण्ड भारत भन्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भारतीय नक्सा विज्ञका अनुसार पौराणिक अर्थका आधारमा आधुनिक सीमा रेखाबाट यो नक्सा जारी भएको हो । तर, भारतीय सरकारका अधिकारीले तत्कालीन भारत अधीनस्थ क्षेत्रलाई यो नक्सामा समेटिएको उल्लेख गरेका छन् । अर्थात्, पश्चिमा मुलुकहरूबाट कुनै न कुनै रूपमा उपनिवेश बनेका दक्षिणी क्षेत्रका यी मुलुकहरू हुन् भन्ने उनीहरूले अर्थ्याएका छन् । यहाँ के बुझपचाइएको छ भने नेपाल कहिल्यै कसैको उपनिवेश बनेन र यो नक्साभन्दा बाहिर मात्र नेपाल हो भन्ने बुझाइएन ।


Advertisment
Kumari
Saurya island
Pardeshi

यहीँनेर भारतको कुनियत लुकेको छ । यसले मनोवैज्ञानिक रूपले नेपाललाई भारतको कभरमा समेट्ने प्रयास गरिएको छ । नक्सामा विश्वलाई नै गुमराहमा पारिएको छ । बरु नेपालले आफ्नो ‘हिमवतखण्ड’अन्तर्गतको नक्सा सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ । अर्कोतर्फ ‘ग्रेटर नेपाल’को तस्विर सार्वजनिक गर्नुपर्ने माग पनि नेपालभित्र उठ्न थालेको छ ।

Vianet communication
Laxmi Bank

नेपाल–भारत सीमा विवाद लामो समयदेखि समाधान हुन सकेको छैन । वर्षौंदेखि भारतबाट भएको सीमा अतिक्रमणको पीडा साम्य नहुँदै जारी भएको अखण्ड भारतको नक्साले नेपाल झस्किनु स्वाभाविक हो । यो क्षेत्रमा नेपालसँग मात्र भारतको खुला सिमाना छ । सीमा विवादले नेपाल सधैं प्रताडित छ । यिनै घटनाक्रम नेपाल बढी तरंगित हुनुका मुख्य कारण हुन् । खासगरि, नेपाली जनतामा यो तरंग भारतप्रति झन् घृणामा बदलिएको छ । 

दक्षिणतर्फ तीस ढोका, उत्तरतर्फ पर्खाल मात्र 

केही वर्ष अगाडि फर्कौं– भूकम्पले थिलोथिलो थिए, नेपाली मनहरू । त्यसैमाथि भारतीय नाकाबन्दीले बेहालको अवस्था थियो । सामानको अभावले महंगी बढिरहेको थियो । जनतामा बेचैनी थियो । सरकार रनभुल्लमा परिरहेको थियो । उत्तरतर्फ भएका दुईवटा नाका पनि बन्द थिए । तातोपानी नाका भूकम्पले क्षतिग्रस्त थियो । यही बेला नेपालले संविधान जारी गर्‍यो । उता भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनायो । भारतले नाकामा तगारो तेर्स्याइदियो ।

अर्पझट सुशील कोइराला प्रधानमन्त्री पदबाट बाहिरिए । अनि प्रधानमन्त्री बने केपी ओली । २५ असोज २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि ओलीले नेपालको इतिहासमा नयाँ अध्यायको शुरूआत गरेका थिए– उत्तरतर्फका नाका खुलाउने प्रयास गरेर । ओली चीन गए । उनले चीनसँग वार्ता गरे । उत्तरतर्फ पहिले नै खुलेका गर्ने र केही नयाँ नाका खोल्ने सहमति गरे । त्यो एक ‘ब्रेक थ्रु’ थियो । त्यतिमात्र भएन, ओली भारतले लगाएको सम्पूर्ण नाकाबन्दी नहटेसम्म दिल्ली नजाने अडानमा रहे । भारतले सम्पूर्ण रूपले नाकाबन्दी हटाएपछि मात्र तीन महिनापछि उनले भारत भ्रमण गरे । उनको त्यो नयाँशैली त्यो बेला निकै गर्विलो थियो । जनता उत्साहित थिए । उनले उत्तरतर्फ थप ६ वटा नाका खुलाउन सम्भाव्यता अध्ययनमा जोड दिए । 

२८ साउन २०७४ सालको कुरा हो । ओली मुस्ताङको कोरला नाका भ्रमणमा निस्के । उनले पहिलोपटक कोरला भ्रमण गरेका थिए । पत्नी राधिका शाक्यसहित ओली घुम्नका लागि मात्र कोरला पुगेका थिएनन्, नाकाको वर्तमान अवस्था, निर्माणाधीन सडक, दीर्घकालीन रूपमा नाका खुलाउन सकिने बारेमा स्थलगत अवलोकनका लागि उनी त्यहाँ पुगेका थिए । उनीसँग यो पंक्तिकार पनि सहभागी थियो । साथमा थिए, नेता गणेश तिमिल्सिना (हालका राष्ट्रियसभा अध्यक्ष) ।

नेपाललाई किन उत्तरतर्फका नाका खुला चाहिन्छ ? त्यसको जवाफका लागि विश्वका धेरै भूपरिवेष्टित मुलुकमध्ये युरोपको स्विट्जरल्यान्डलाई हेरौं । कुनै बेला रुसी सेनाको हस्तक्षेपबाट प्रताडित स्विट्जरल्यान्डले संघीय संरचनामा गएपछि विकासको आधारशिला तयार पारेको थियो । वरपरका पाँचवटा मुलुकसँग स्विट्जरल्यान्डका सिमाना समान रूपमा खुला छन् ।

हेलिकप्टरको क्षमताका कारण एकजना चालकबाहेक अन्य कोही थिएनन् । मौसम खराब भएका कारण तीनदिन जोमसोममा हेलिकप्टर रोकियो । कोरला भ्रमणपछि जोमसोममा तीन दिन बस्नुपर्दा ओलीसँग फुर्सदिलो समयमा पंक्तिकारले लामो संवाद गरेको थियो । ओलीको त्यो चट्टानी अडान अहिले पनि पंक्तिकारले झल्झली सम्झिरहेको छ । 

यो प्रसंग उल्लेख गर्नुको तात्पर्य हो, उत्तरतर्फ नाका खोल्न गरिएको प्रयास र दक्षिणतर्फका तीस नाकाको प्रसंग । नेपाल–भारत १७७० किमी लामो सिमानामा तीसवटा नाका सञ्चालनमा छन् । तर, नेपाल–चीन १३८९ किमी लामो सीमा क्षेत्रमा गतिलो एउटा नाका सञ्चालनमा छैन । कोभिड महामारीको चार वर्षपछि तातोपानी नाका बल्ल खुलेको छ । उता केरुङ नाका बेलाबेलामा बन्द हुने गर्छ ।

भएका यी दुई नाका विविध कारणबाट नियमित सञ्चालन हुन सकेका छैनन् । अर्थात्, उत्तरतर्फ नेपालले ठूलो पर्खाल मात्र झेलिरहेको छ । दक्षिणतर्फ ह्वाङ्गै खुला हुने, तर उत्तरतर्फ किन सधैं बन्द हुने ? यो निकै गम्भीर विषय हो । ओलीले यही जब्बर समस्यालाई चिर्न शुरूआत गरे । अहिलेसम्म शासकको रूपमा ओलीको यो प्रयास अनुकरणीय मान्न सकिन्छ । उनी २०७४ साल फागुनमा दोस्रोपटक प्रधानमन्त्री भएपछि यो प्रयास जारी राखे ।

ओलीकै पहलमा नेपालको पश्चिमी भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा जारी गरे । तर, त्यसपछि परिवर्तन भएका सरकारले उत्तरतर्फका नाका खुलाउन खासै चासो दिएनन् । 

भारतीय सिन्डिकेटमा निर्भरता कहिलेसम्म ?

पंक्तिकारले भारतविरोधी भाष्य तयार गर्न खोजेको होइन, न कि ओलीको स्तुतिगान । राजनैतिक पाटोमा ओलीका अनेक कमजोरी र गल्ती छन् । तर, माथि उल्लेखित विषयमा ओलीको प्रयास अन्य नेताको तुलनामा निकै माथि छ । भारत नेपालको छिमेकी राष्ट्र हो र मित्र राष्ट्र पनि । भारतसँगको निकटताले नेपाल र नेपालीको जीवन चलेको छ, यसमा दुईमत छैन । तर, नेपाल यस्तो भूपरिवेष्टित मुलुक हो, जुन दुई देशबीचको चेपुवामा छ । विश्वका जति पनि भूपरिवेष्टित मुलुक छन्, उनीहरू दुईभन्दा धेरै देशहरूको बीचमा अवस्थित छन् । नेपाल भूपरिवेष्टित भएर पनि कठिन भूगोलमा रहेको छ । भौगोलिक र सामारिक आधारमा नेपालले दुवै देशसँग समान ढंगले निकटता राख्नु अनिवार्य छ ।

यसका लागि भारतसँग जति खुला छ, चीनतर्फ पनि त्यति नै खुल्नु जरुरी छ । चीनसँगको सिमानामा यति जब्बर ढोका बन्द भएको आधुनिककालपछि मात्र हो । किराँतकाल, लिच्छवीकाल र मल्लकालमा भने नेपालको आउजाउ चीनसँग निकै सहज थियो । त्यो बेला विवाह लगायतका सम्बन्ध तिब्बत माथिमाथिसम्म पनि चल्थ्यो । जब तिब्बतमा विद्रोहले उग्र रूप लियो र खम्पाहरूको आश्रयस्थल नेपाल बन्न थाल्यो तब चीनले नेपालको सिमानामा कडाइ गर्न थालेको हो । त्यतिबेलादेखि उत्पन्न आंशका चिर्न आजसम्मका शासकले सकेका छैनन् । ओली नै त्यस्तो सरकारप्रमुख थिए, जसले नाका खुलाउन आकस्मिक शुरूआत गरेका थिए ।

नेपाललाई किन उत्तरतर्फका नाका खुला चाहिन्छ ? त्यसको जवाफका लागि विश्वका धेरै भूपरिवेष्टित मुलुकमध्ये युरोपको स्विट्जरल्यान्डलाई हेरौं । कुनै बेला रुसी सेनाको हस्तक्षेपबाट प्रताडित स्विट्जरल्यान्डले संघीय संरचनामा गएपछि विकासको आधारशिला तयार पारेको थियो । वरपरका पाँचवटा मुलुकसँग स्विट्जरल्यान्डका सिमाना समान रूपमा खुला छन् ।

सन १९८४ मा एलिजाबेथ कोप राष्ट्रपति भइन् । उनी नै पहिलो महिला राष्ट्रपति थिइन् । उनले सिमाना जोडिएका सबै देशहरूसँग समान रूपमा व्यापार सम्बन्ध बढाइन् । स्विट्जरल्यान्डका लागि समृद्धिको यात्रामा उक्लन यही नै मुख्य खुड्किलो थियो । पछि सन् २००२ मा मात्र स्विट्जरल्यान्ड संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बन्यो । त्यतिबेलासम्म स्विट्जरल्यान्ड विश्वमै आर्थिक रूपले सम्पन्न मुलुकमा दरिइसकेको थियो ।   

नेपालले के गर्ने, के नगर्ने ?

नेपाल–भारत सीमा विवाद मात्र चर्केको छैन, सांस्कृतिक विकृतिको आयातले नेपालको सामाजिक जीवन उस्तै तहसनहसको अवस्थामा छ । नेपालले आजको अवस्थामा यी दुई कामका लागि तत्काल पहल गर्नु अनिवार्य छ ।

१. भारतीय सीमामा तारबार र भिसा प्रणाली

नेपाल–भारत सिमानामा तार बार लगाउन र भिसा प्रणाली लागू गर्न दुवै सरकारस्तरीय वार्ता गर्नु जरुरी छ । यसले भारतमा काम वा व्यवसाय गर्न र पढ्न जानेको स्पष्ट रेकर्ड नेपाल सरकारसँग हुनेछ ताकि भारतमा कुनै पनि नेपालीले असुरक्षा महसूस गर्नुपर्दैन । नेपाल आउने भारतीयले पनि त्यो सुविधा प्राप्त गर्नेछन् । 

भारत जाने नेपालीभन्दा भारतबाट नेपाल आएर विभिन्न व्यवसाय गर्ने भारतीय अहिले करीब दोब्बर रहेको अनुमान छ । मुग्लिन बजारका सडकदेखि अनामनगरका सैलूनसम्म र न्युरोडका व्यापारीदेखि मेरियट भवन निर्माणका मजदुरसम्म भारतीय छन् । भिसा प्रणाली लागू हुँदा यो तथ्यांक अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले देखाउन पाउनेछ ।

विश्वका धेरै देशका सामान्य मानिसले नेपाललाई अलग्गै सार्वभौम मुलुक भनेर चिनेकै छैनन् । भिसा प्रणालीले उनीहरूबीच नेपालको स्पष्ट पहिचान बन्ने छ र हिमालयको देश भनेर अझ बढी चिन्नेछन् ।

नेपाल–भारत भिसा प्रणालीले नेपाल दक्षिण एसियाको प्रमुख पर्यटकीय क्षेत्र हुनेछ । नेपाल पहाडी र हिमाली क्षेत्र भएकाले रिफ्रेशमेन्टका लागि भारतीयहरू नेपाल आउने क्रम भिसाले रोकिने छैन । बरु भिसाको सहज उपलब्धताका लागि भने काम गर्नुपर्छ । नेपाल ताइवान, थाइल्यान्ड, फिलिपिन्सजस्तो पर्यटकीय हब हुनेछ ।
नेपाल–भारत सीमामा तार बार र भिसा प्रणाली लागू गर्दा हुने अर्को महत्वपूर्ण फाइदा हो, नागरिक स्थानान्तरणमा नियन्त्रण । अहिले जनसंख्याको हिसाबले विश्वकै एक नम्बर मुलुक बन्ने दिशामा छ । भारतीय व्यापारीहरू विश्वभरि छरिएका छन् । यही रफ्तारमा भारतको जनसंख्या बढ्यो भने अबको करीब ५० वर्षमा विश्वभरी भारतीय हुनेछन् । यदि नेपालको खुला सिमाना रहिरह्यो भने नेपालको नामोनिशान रहने छैन । खुला सिमानाकै कारण भारतबाट मानिसहरू आउने क्रम बढ्नेछ र हाम्रो पहिचान इतिहासका पानामा सीमित हुनेछ ।

२. उत्तरतर्फका नाका खोल्न इमान्दार प्रयास

नेपालले छिटोभन्दा छिटो चीनतर्फका नाका खोल्ने प्रयास थाल्नुपर्छ, जसको शुरूआत ओलीले प्रधानमन्त्री हुँदा गरिसकेका थिए । यो कुनै दल विशेषसँग सम्बन्धित विषय होइन, हाम्रो आवश्यकता हो । कोरला, हिल्सालगायतका नाकाहरूमा सडक सञ्जाल पुगिसकेको छ । तातोपानी र केरुङ नाका सञ्चालनमै छन् । यी लगायत अन्य सबै नाकामा सुरक्षाको ग्यारेन्टी चीन सरकारलाई दिएर विश्वासको वातावरण बनाउनुपर्छ ।
चीनले नेपालतर्फ आउने सडक भव्यरूपमा निर्माण गरिसकेको छ । उदाहरणका लागि कोरलासम्म चीनले सडक मात्र जोडेको छैन, भूमिगत सडकको सञ्जाल तयार पारिसकेको छ । अतः नेपालले उत्तर तर्फका सडकहरू निर्माणलाई तीव्रता दिनु अनिवार्य छ । 

अब नेपाल भारतको निर्भरतामा मात्र बस्ने होइन, दुवै देशसँग समान निकटतालाई जोड दिनुपर्छ । दुवै देशसँग समान सम्बन्ध कायम राखे मात्र नेपालको समृद्धि सम्भव छ, किनकि एउटा मात्र छिमेकी मुलुकको सिन्डिकेटको भरमा बाँधिएर कुनै पनि देशले प्रगति गरेको उदाहरण छैन ।

सञ्चालनमा आएका नाका व्यवस्थित पारेर सञ्चालनका लागि तयार रहेका रहेका नाकाहरू खुलाउँदा भारतसँगको निर्भरता हट्नेछ । यसले आयात-निर्यातमा भारतको एकल सिन्डिकेट अन्त्य हुनेछ ।

नेपाल विस्तारै पूर्वी एसियाका मुलुकतिर ढल्किन थाल्नेछ । जस्तै, बर्मा हुँदै थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, ताइवान, चीन, कम्बोडियालगायतका मुलुकसँग भावनात्मक सम्बन्ध बढ्नेछ, जुन इतिहासको एक कालखण्डमा थियो । त्यसपछि भारत, बंगलादेश र पाकिस्तानका सामाजिक र सांस्कृतिक विकृति नेपाल प्रवेश गर्न पाउने छैन ।

र, अन्त्यमा

नेपालले हालै जारी गरेको नागरिकता विधेयकमा पुनर्विचार गर्नु अनिवार्य छ । हैन भने दक्षिणतर्फबाट सजिलै नागरिकता लिन आउनेक्रम बढ्नेछ, किनकि विगतमा यसै त गैरकानूनी रूपमा नागरिकता वितरण भएका कैयन उदाहरण छन् ।

हालै भारतले जारी गरेको अखण्ड भारतको नक्सा हटाउन भारत सरकारसँग डटेर शर्त राख्नुपर्छ । यदि भारतले यसमा अटेरी गर्‍यो भने नेपालले दक्षिण एसियाको सम्पूर्ण हिमाली तथा पहाडी क्षेत्र समेटिएको पौराणिक ‘हिमवतखण्ड’को नक्सा सार्वजनिक गर्नुपर्छ ।

यसो गर्दैमा नेपाल फैलने त हैन, तर मनोवैज्ञानिक रूपमा नेपालको सार्वभौम शक्तिको असर भारतमा पर्नेछ । धेरै सीमाविदहरूले पटक–पटक भनिसकेका छन्, भारतसँग सीमा जोडिएका धेरै क्षेत्रमा नेपालले आफ्नो भूभाग मिचिएको पीडा भोग्नु परेको छ । यसका लागि नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा दुवै सरकार जिम्मेवार बन्नुपर्छ । 

यसका अलावा चीनतर्फका १२ वटा नाका खुलाउन तुरुन्त प्रयास थाल्नुपर्छ । उत्तर तर्फको हिमाली पर्खाल छिचोलेर नाका खोल्ने केपी ओलीको प्रयास ‘ब्रेक थु’को रूपमा दर्ज छ । त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि दायित्व हो । चीन सरकारसँग संवाद र त्यसका लागि पहल आरम्भ गर्नुपर्छ । अब नेपाल भारतको निर्भरतामा मात्र बस्ने होइन, दुवै देशसँग समान निकटतालाई जोड दिनुपर्छ । दुवै देशसँग समान सम्बन्ध कायम राखे मात्र नेपालको समृद्धि सम्भव छ, किनकि एउटा मात्र छिमेकी मुलुकको सिन्डिकेटको भरमा बाँधिएर कुनै पनि देशले प्रगति गरेको उदाहरण छैन ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २०, २०८०

कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

भदौ १४, २०८०

विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...

भदौ २७, २०८०

मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

भदौ २५, २०८०

मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x